चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ – Nepal Press

चुनावविरोधी पर्चा बाँड्ने नेकपा बहुमतका दुई नेता पक्राउ

हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका छन् ।

चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चुनावविरोधी गतिविधि गरिरहेको पाइएपछि दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर