प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो – Nepal Press

प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशका प्रतिनिधिसभातर्फ ३८ र प्रदेशसभातर्फ ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो ।

यस पटक प्रत्यक्षतर्फ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ भइरहेको आयोगका सहायक प्रवक्ता उपसचिव ऋषिराम भुसालले नेपालप्रेसलाई जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म प्रत्यक्षतर्फ ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । त्यसमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको सहायक प्रवक्ता भुसालले बताए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई जिल्ला-जिल्लामा वितरण सुरु भइसकेको छ । हालसम्म बागमती, मधेस र प्रदेश नं १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा कात्तिक ३ गतेदेखि ढुवानी हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर