एमाले गफ ठूलो गर्छ तर कामको सिन्को भाँच्दैन : प्रकाशशरण महत – Nepal Press

एमाले गफ ठूलो गर्छ तर कामको सिन्को भाँच्दैन : प्रकाशशरण महत

‘अहिले हाम्रो प्राथमिकता प्रधानमन्त्रीबारे बहस गर्ने होइन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भावी प्रधानमन्त्रीबारे चर्चा गर्ने बेला नभएको बताएका छन् । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘पार्टीमा बोल्ने अधिकार छ। साथीहरुले विभिन्न किसिमबाट अभिव्यक्ति दिनुभएको छ । हामी निर्वाचनमुख्य केन्द्रमा छौँ । निर्वाचनबाट सांसद बनौं । संसदमा गएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया छ । त्यहाँबाट निर्वाचित हुनुभयो भने। प्रधानमन्त्रीको बिषय आउँछ ।’ उनले अहिले पार्टी र गठबन्धन उम्मेदवार जिताउन लाग्न आग्रह गरे ।

‘चुनाव जितिसकेपछि मात्रै प्रधानमन्त्री को हुने भन्ने कुरा आउँछ। अहिले बेला भएको छैन’, उनले भने । ‘उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेजस्तो ठुला गफ गर्ने पार्टी कांग्रेस नभएको बताए ।’

‘कांग्रेस धेरै बोल्दैन काम गरेर देखाउँछ । हाम्रो विपक्षी पार्टी देख्नुभएकै होला । कुरा ठूलो गर्छ । तर, काम फिटिक्कै गर्दैन । हामी काममा विश्वास गछौँ । परिणाम हामी देखाउँछौँ’, उनले भने, ‘०४६ सालपछि हामीले छोटो समयमा कतिधेरै परिवर्तन गरेका थियौँ । त्यसपछि त देश द्वन्द्वमा फँस्यो । फेरि पनि त्यो मौका पाउनासाथ देशलाई केन्द्रिबिन्दुमा राखेर सत्ता चलाउने लक्ष्य छ ।’

 


प्रतिक्रिया

2 thoughts on “एमाले गफ ठूलो गर्छ तर कामको सिन्को भाँच्दैन : प्रकाशशरण महत

  1. ओलिले गरेको काम र देउवाले काढेको र्यालबाटै थाहा हुन्छ को कति काम गर्ने नगर्न भन्ने कुरा ।

  2. जीवनमा न पार्टिको न जनताको चुनाव जितेको नालायक वोल्न पनि लजाउनु नी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर