कांग्रेस बोल्ने मात्रै होइन, काम गर्ने पार्टी हो : प्रकाशमान सिंह – Nepal Press

कांग्रेस बोल्ने मात्रै होइन, काम गर्ने पार्टी हो : प्रकाशमान सिंह

‘राष्ट्रिय राजनीतिको ध्यान काठमाडौं १ मा परेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसले चुनावमा गरेको सबै प्रतिबद्धता पूरा गर्ने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जनतालाई अधिकार सम्पन्न गराउन कांग्रेसले लडेको हो । त्यसकोे सबैले सदुपयोग गर्न पाउनुपर्छ । हामीले बोलेको कुरा गरेर देखाउने पार्टी हो । हामीले एउटा दलबाट अर्कोमा गएकालाई बहुदलीय शासन व्यवस्थालाई विश्वास गरेका छौँ । मतदाताले हामीलाई विश्वास गरेका छौं ।’ काठमाडौं १ लाई लालकिल्लाबाट कांग्रेसको किल्लाको रुपमा आफूले परिवर्तन गरेको दाबी गरे ।

‘राष्ट्रिय राजनीतिको ध्यान काठमाडौं १ मा परेको छ । सबैको चासो यही छ । राजनीति दृष्टिकोणबाट काठमाडौं १ बाट विशेष महत्व छ’ उनले भने । आफू निर्वाचित भएर गएपछि संसद र संविधान सभामा मात्रै नभएर विकास निर्माणमा समेत उल्लेख्य काम गरेको जिकिर गरे। हरेक निर्वाचनबाट आफू मतदातासँग सामिप्यता झन् झन् बढ्दै गइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर