रुपन्देही २ का एमाले कमाण्डर भन्छन्- मुद्दा मामिलासँग सरोकार छैन, सानदार जीतको तयारीमा छौं – Nepal Press

रुपन्देही २ का एमाले कमाण्डर भन्छन्- मुद्दा मामिलासँग सरोकार छैन, सानदार जीतको तयारीमा छौं

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटी संयोजकसमेत रहेका नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थीले सर्वाेच्च अदालतको अन्तरिम आदेशसँग आफूहरुलाई कुनै सरोकार नरहेको बताएका छन् ।

एमाले उम्मेदवार विष्णु पौडेलको चुनावी कमाण्डर रहेका पन्थीले विपक्षी उम्मेदवाहरुको सन्भर्दमा कसले उजुरी हाल्यो र को मुद्दामा गयो भन्ने आफूहरुलाई जानकारी नभएको र सरोकारसमेत नरहेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै पन्थीले भने- कसले उजुरी हाले, को अदालत गए र अदालतले के आदेश दियो भन्ने हामीलाई सरोकार छैन । एमाले स्वतन्त्र र लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छ । हामी यो क्षेत्रमा सानदार ढंगले जितको तयारीमा छौं, मुद्दा मामिलामा मतलब छैन ।

निर्वाचन आयोगले बैंकिङ कसूरमा कालोसूचीमा रहेको र अदालतले सजाय तोकेको आधारमा गठबन्धनमा उम्मेदवार राजु गुरुङसहित अन्य दुई स्वतन्त्र उम्मेदवारको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध अदालत गएका गुरुङको पक्षमा सर्बोच्चले आइतवार अल्पकालीन अन्तरिम आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर