तालमेलका लागि एमालेका चार उम्मेदवार फिर्ता, यी क्षेत्रमा हुने भयो सहकार्य – Nepal Press

तालमेलका लागि एमालेका चार उम्मेदवार फिर्ता, यी क्षेत्रमा हुने भयो सहकार्य

काठमाडौं । नेकपा एमालेले अन्तिम समयमा प्रतिनिधिसभाका ३ र प्रदेश सभाका १ जना उम्मेदवार फिर्ता गरेर अन्य समूहसँग तालमेल गरेको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन पार्टीले नेपाली कांग्रेस विपी,बिद्रोही कांग्रेस,राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गरेको हो ।

एमालेका केन्द्रीय सदस्य रमेश बडालका अनुसार डडेलधुरामा नेपाली कांग्रेस विपीका कर्ण मल्ललाई समर्थन गर्दै प्रतिनिधिसभामा चक्र वहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिइएको छ । मल्ल देउवाविरुद्ध चुनाव लड्दैछन् ।

त्यस्तै, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता भएको छ । त्रिपाठी अर्बपति ब्यापारी गठबन्धनका उम्मेदवार विनोद चौधरीसँँग चुनाव लड्दैछन् ।

त्यस्तै चितवन क्षेत्र नम्बर ३ मा रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार शेखर गगन समूहका दिनेश कोइरालालाई समर्थन गरेको छ । सो समूहले क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारलाई समर्थन गर्ने बताइएको छ ।
धादिङ २ मा भने राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन जनाएको छ भने प्रदेशमा एमालेका धनवहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्बर घलेलाई समर्थन जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर