प्रभु साहले सत्ता गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेको एमाले महासचिवको दावी – Nepal Press

प्रभु साहले सत्ता गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेको एमाले महासचिवको दावी

मधेसमा एमाले र जसपाबीच भएको तालमेललाई सफल बनाउन आह्वान

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेर एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

प्रभु साहले जसपासँगको तालमेलप्रति आफू असहमत रहेको भनी दिएको अभिव्यक्ति गलत रहेको भन्दै पोखरेलले जसपासँगको तालमेलको बेठकमा साह सहभागी रहेको समेत प्रष्ट पारेका छन् ।

महासचिव पोखरेलले राजनीतिमा यस प्रकारण्को षडयन्त्रलाई असहमतिको जामा लगाउनुको अर्थ नहुने भन्दै रौतहटका जनताले राम्ररी बुझेको दावी गरेका छन् ।

पोखरेलले वक्तव्यमा भनेका छन्, ‘यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

 


प्रतिक्रिया

One thought on “प्रभु साहले सत्ता गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेको एमाले महासचिवको दावी

  1. देखिएको प्रभु साह हो । नदेखिएको गठबन्धन हो । दुवैको मालिक दक्षिणको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर