हरिवंश भन्छन्: मबाट आश नगर्नू, कसैको चुनावी प्रचारक बन्दिनँ – Nepal Press

हरिवंश भन्छन्: मबाट आश नगर्नू, कसैको चुनावी प्रचारक बन्दिनँ

काठमाडौं । कलाकार हरिवंश आचार्याले आगामी प्रतिनिधिसभाको निर्वाचनमा कुनै दलको पनि प्रचारक बनेर भोट नमाग्ने बताएका छन्।

आफूहरु सबै राजनीतिक दल र उम्मेदवारका साझा मान्छे भएकाले कसैको पक्षमा भोट माग्न नसक्ने प्रष्ट पारेका हुन्।

‘कति सङ्ग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गासिएको हुन्छ। देशमा जब निर्वाचन नजिकिन्छ। त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिएका व्यक्तिहरु निर्वाचनमा उमेद्वार बन्छन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला , मेरो पक्षमा भोट मागी देला भनेर’ उनले फेसबुकमा लेखेका छन्।

उनले कसैले पनि चुनावमा आफूसँग प्रचार प्रसारको आशा नराख्न आग्रह गरेका छन्।

‘तर हामी सबै राजनितिक दल,सबै उम्मेदवारका साझा मानिस हौ। ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो’ उनले भनेका छन्, ‘कसैको पक्षमा भोट माग्न ,कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *