रुपन्देही ५ मा गठबन्धनमा खटपट, भरत शाहको दम्भले बिगारेको माओवादीको आरोप – Nepal Press

रुपन्देही ५ मा गठबन्धनमा खटपट, भरत शाहको दम्भले बिगारेको माओवादीको आरोप

रुपन्देही । नेकपा माओवादीले रुपन्देही क्षेत्र नं ५ मा नेपाली काँग्रेसका नेता भरत शाहको दम्भका कारण सहमति विपरीत उम्मेदवारी दिनुपरेको र काँग्रेसको दम्भ नसच्चिए जिल्लाभर माओवादीले रुखमा भोट नहाल्ने चेतावनी दिएको छ ।

सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वको निर्णय विपरीत नेपाली काँग्रेसले उम्मेदवारी दिएपछि नेकपा माओवादी केन्द्रका नेताहरूले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभातर्फ १५ जना र प्रदेशसभातर्फ (क) र (ख) मा १३÷१३ जना गरी ४१ जनाको उम्मेदवारी परेको उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ ।

कांग्रेसका शाह विरुद्ध नेकपा माओवादी केन्द्रकी महिला नेतृ दीपिकाका शर्माले उम्मेदवारी दिएकी छन् भने सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) मा माओवादी केन्द्रका नेता विनोद पहाडी विरुद्ध नेपाली कांग्रेसका नेता विष्णु पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीका अनुसार सत्ता गठबन्धनको सहमति बमोजिम प्रदेश क माओवादीको भागमा परेपछि आफ्नो उम्मेदवारी परेकामा कांग्रेस नेता शाहको दबाबमा विष्णु पोखरेललाई बागी बनाएपछि शाहविरुद्ध शर्मालाई उम्मेदवारी दर्ता गर्न लगाइएको हो।

पहाडीले कांग्रेस नेता भरत शाहको दम्भका कारण गठबन्धन भत्केको र काँग्रेसले फिर्ता नलिए माओवादी कार्यकर्ताले जिल्लाभर कतै पनि रुखमा भोट नहाल्ने बताए।

‘गठबन्धनका कारण हामीले जिल्लाभरमा दुई प्रदेश सभा सदस्यमा मात्रै सहमति अनुसार उम्मेदवार दिएका हौँ । त्यसमा पनि चलखेल गर्न खोजिएपछि हामीले कांग्रेसका उम्मेदवार जिताउन रुखमा भोट हाल्न जरुरी छैन । मैले हाम्रो नेतृत्व र काँग्रेसको नेतृत्वलाई यो खबर गरिसकेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर