एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धर काठमाडौं ७ मा स्वतन्त्र उम्मेदवार – Nepal Press

एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धर काठमाडौं ७ मा स्वतन्त्र उम्मेदवार

काठमाडौं । नेकपा एमालेबाट दुई पटक निर्वाचित सांसद तथा पूर्व राज्यमन्त्री रामवीर मानन्धर यस पटक टिकट नपाएपछि बागी उम्मेदवार बनेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले श्याम घिमिरेलाई टिकट दिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टीले २ दिनभित्र आफ्नो बारेमा नसोचेमा उम्मेदवारी कायमै रहने बताए ।

उनले सुती सुती जितिने सीटमा गलत उम्मेदवार बनाएकाले आफू उठेको बताए । प्रतिनिधिसभाको टिकट दिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रकी मानुषी यमी उम्मेदवार छिन् । मानन्धर एमाले र गठबन्धनका उम्मेदवारसँग मनोनयन गर्न पुगेका थिए ।

रामवीर मानन्धरमाथि स्थानीय चुनावमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकामा एमाले उम्मेदवार हराउन भूमिका खेलेको आरोप छ । उनले महानगरपालिकाको मेयरमा गठबन्धन उम्मेदवार सिर्जना सिंहको पक्षमा मत मागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर