पूर्वमन्त्री यादवले धनुषा २ मा दर्ता गराए उम्मेदवारी – Nepal Press

पूर्वमन्त्री यादवले धनुषा २ मा दर्ता गराए उम्मेदवारी

जनकपुरधाम । नेपाली काँग्रेसका रामकृष्ण यादव धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । यादव पूर्व मन्त्री पनि हुन् । ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियाबाट पराजित भएका उनी पुनः प्रतिस्पर्धामा उत्रेका छन् ।

यो पटक अरगरिया नेकपा एमालेबाट चुनाव लड्दैछन् । जसपाबाट गंगा प्रसाद यादव उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा धनुषा प्रदेशसभा क्षेत्र २ ९क०मा लोसपाका सञ्जय साह र २ ९ख०मा नेकपा माओवादी केन्द्रका श्याम यादव टिकट पाएका छन् । उनीहरू पनि एक साथ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर