सरिता गिरीले सिरहा १ बाट दर्ता गराइन् स्वतन्त्र उम्मेदवारी – Nepal Press

सरिता गिरीले सिरहा १ बाट दर्ता गराइन् स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम । पूर्व सांसद सरिता गिरी सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । सिरहाको लहान नगरपालिकामा पर्ने बस्तीपुर घर भएकी उनी यसअघि नै क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनी केहि दिनदेखि क्षेत्रमा सक्रिय छन् ।

गिरी २०६४ को संविधान सभामा तत्कालीन सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री समेत बनेकी उनलाई अनियमितताको आरोपमा बर्खास्त गरिएको थियो ।

२०७० को दोस्रो संविधान सभा चुनावमा नेपाल सद्भावना पार्टीबाट गिरी पर्सा १ मा उम्मेदवार बने पनि पराजित भएकी थिइन् । ०७४ मा उनलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिक सांसद बनाएको थियो ।

संसद्ले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयमा पार्टीको निर्देशन नमानेको भन्दै गिरीलाई पार्टीले सांसदबाट हटाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर