रोल्पामा कांग्रेसको भयो इन्ट्री – Nepal Press

रोल्पामा कांग्रेसको भयो इन्ट्री

रुपन्देही । रोल्पाको प्रदेशसभा (ख) नेपाली कांग्रेसले पाएको छ । यहाँ कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले टिकट पाएका छन् । नेता पुनले केही समयअघि माओवादीसँग सहमति भएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा (क) भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभा (ख) मा भने दुवै दलले दावी गरेपछि विवाद बढेको थियो ।

प्रदेशसभा (ख) कांग्रेसको भागमा परेसँगै २०६४ सालयताका सबै निर्वाचनमा एकलौटी गर्दै आएको माओवादी केन्द्रले पहिलोपटक एउटा क्षेत्र गुमाएको छ । रोल्पाबाट संघमा भने माओवादी नेता वर्षामान पुनले उम्मेदवारी दिँदैछन् ।

माओवादीले पूर्वसहमतिअनुसार रोल्पामा कांग्रेसलाई इन्ट्री दिन नमानेपछि विवाद भएको थियो । आइतबार बिहानसम्म माओवादीसँगको भागबन्डा नमिलेपछि कांग्रेस र एमालेले गठबन्धन गर्ने प्रयास गरेका थिए । एमालेसँग गठबन्धनमा बसेका कांग्रेस नेताहरुलाई दुवै दलका शीर्ष नेताहरुले फोन गरेर दबाब दिएपछि माओवादी ब्याक भएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर