बालबालिकालाई आशीर्वाद दिएर शुरु भयो ओली निवासमा विजया दशमीको टीका – Nepal Press

बालबालिकालाई आशीर्वाद दिएर शुरु भयो ओली निवासमा विजया दशमीको टीका

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  विजया दशमीको अवसरमा आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा शुभेच्छुक सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

अध्यक्ष ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।

अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउनेछन् । ओलीले आफ्नो निवासमा बालवालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद दिएका छन् ।

 


प्रतिक्रिया

One thought on “बालबालिकालाई आशीर्वाद दिएर शुरु भयो ओली निवासमा विजया दशमीको टीका

  1. दुर्गा भवानीको कृपाले नेपाल देश र नेपाली नागरिकको विजय होस । रास्ट्रका दुस्मनहरु एमालेको पैतालामुनी परुन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर