कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच वे टु लिसनिङ सेवासम्बन्धी सम्झौता – Nepal Press

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच वे टु लिसनिङ सेवासम्बन्धी सम्झौता

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीबीच वे टु लिसनिङ सेवासम्बन्धी सम्झौता भएको छ ।

वे टु लिसनिङ अन्तर्गत कुनै पनि कम्पनीले आईपीओ जारी गर्ने अवस्थासम्म पु¥याउन सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने काम हुनेछ ।

कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष कृष्णप्रसाद बजगाईंले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

इजरायलबाट कृषिसम्बन्धी सीप तथा तालिम प्राप्त गरी स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा तथा कृषि पर्यटन विकासलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ ।

कम्पनीले आफ्नो सहायक कम्पनि एएनएमसि एग्रो प्रालिमार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिंचाइ प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्री-वितरणसमेत गर्दै आएको छ ।

आराभा नेपाल तथा गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र र कर्णाली प्रदेशका स्थानीय निकायसँगको साझेदारीमा व्यवसायिक ‘इन्कुबेसन सेन्टर’ मार्फत लर्न एण्ड डु तालिम सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर