संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : नेता खनाल – Nepal Press

संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् ।

बुधवार काठमाडौंमा नेपाल तमु संघ (समाजवादी)को प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रीपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पुरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।

नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भए पनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै उनले प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको बताए ।

उनले आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्‍यो भन्ने बोल्न बाध्य भएको बताए । यसअघि पनि केपी ओलीको गुटले गरेको संसद् विघटन गर्ने असंवैधानिक कामलाई समेत राष्ट्रपतिले साथ दिएको स्मरण गरे ।

खनालले राष्ट्रपति भण्डारी र केपी ओलीको निरंकुश शासन लाद्न यसअघि संसद् भंग गर्ने प्रयास गरिएको टिप्पणी पनि गरे ।


प्रतिक्रिया

2 thoughts on “संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न मिल्दैन : नेता खनाल

  1. ए लेन्दुपहरु तिमिहरुले देसै बेच्न खोजे पनि रास्त्रपतिले के तुलु तुलु हेरेर बस्नु पर्ने ? तिमिहरुजस्ता गद्दार नेताहरुलाई त देस निकाला गर्नु पर्ने हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर