भियतनामको एक कम्प्लेक्समा आगलागी: कम्तीमा ३२ जनाको मृत्यु – Nepal Press

भियतनामको एक कम्प्लेक्समा आगलागी: कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।

मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको हो ।
प्रतिष्ठानमा रहेका ग्राहक र कर्मचारीहरु अलपत्र परेका थिए ।

भाग्नका लागि चार जनाले दोस्रो र तेस्रो तल्लाबाट हाम फालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु घाइते भए तर बाँचे ।

अलार्म बज्नेबित्तिकै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक पत्रिका कङ्ग एन हान दानका अनुसार ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ जसमा १७ पुरुष र १५महिला छन्।

पीडितहरूको खोजी गरिसकिएको छ, भीएन एक्सप्रेस समाचार साइटले एक अधिकारीलाई उद्धृत गरेको छ। सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार आगो लाग्दा बारमा करिब ६० जना थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *