ट्रम्पको घरमा एफबीआईकाे छापा, भेटियो अन्य देशका सैन्य र आणविक क्षमतासम्बन्धी गोप्य कागजात – Nepal Press

ट्रम्पको घरमा एफबीआईकाे छापा, भेटियो अन्य देशका सैन्य र आणविक क्षमतासम्बन्धी गोप्य कागजात

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट अन्य देशका सैन्य र आणविक क्षमतासँग सम्बन्धित गोप्य कागजात फेला परेका छन् । फेडरल व्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)ले छापा मार्ने क्रममा उक्त कागजात फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टअनुसार उक्त छापामा एफबीआईले अमेरिकाकै गोप्य अपरेशनसँग सम्बन्धित कागजात पनि फेला पारेको छ ।

वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई समेत यी कागजातबारे जानकारी नभएको जनाइएको छ । उक्त कागजातलाई विशेष सुरक्षाका साथ राखिनेछ । विशेष प्रक्रिया पूरा गरेपश्चात मात्र सो कागजात चलाउन पाइने प्रावधान छ ।

ट्रम्पका समर्थकहरुले यस घटनालाई उनलाई चुनाव लड्न नदिन बाइडेन र उनको पार्टीले गरेको षड्यन्त्रको संज्ञा दिएका छन् ।

ट्रम्प आफैंले एफबीआईले आफ्नो घरमा छापा मारेको पुष्टि गरेका हुन् । एफबीआईको उक्त छापा अमेरिकी सरकारी एजेन्सी नेशनल अर्काइभ रेकर्डको मर्मतसम्भारको अनुसन्धानसँग जोडिएको जनाएको छ।

ट्रम्पले गत वर्ष ह्वाइट हाउस छाड्दा गोप्य कागजात आफ्नो साथमा लगेको आशंकामा सो छापा मारिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर