गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’ – Nepal Press

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानूनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र सेटिङले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।’

थापाले कुन कानूनमा टेकेर अदालतले आफ्नै दुई अन्तरिम आदेश उल्ट्याउने काम गर्‍यो भन्दै प्रश्न समेत गरेका छन् ।

कुन कानूनले गाई चिन्ह नपाउने लेखेको छ भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्, ‘झण्डामा गाई राख्न पाइने चुनाव चिन्ह बनाउन नपाउने ! निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय ! अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ—कुन कानूनले गाई चिन्ह नपाउने लेखेको छ ? दलले आफ्नो चिन्ह रोज्न/परिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनु होस् । जनताले पनि हेरोस्, बुझोस् ।’

थापाले अदालतको फैसला मान्न बाध्य भए पनि सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशी विदेशी शक्तिहरूको सुनियोजित षड्यन्त्र अन्तर्गत चिह्न नपाएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया

One thought on “गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

  1. कमल थापाजि चुनाव चिन्ह लाैरि लियर नि जितिन्छ विचार शुद्द लिनाेस । कमाउन र रमाउनका लागि गाई नखाेज्नाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर