खुलेन रुसबाट युरोप जाने ग्यास पाइपलाइन – Nepal Press

खुलेन रुसबाट युरोप जाने ग्यास पाइपलाइन

काठमाडौं । मर्मत कार्यका लागी भनेर शनिबारसम्म बन्द गर्ने भनिएको रुसबाट युरोप जाने मुख्य ग्यास पाइपलाइन नोर्ड स्ट्रिम एक आज नखुल्ने भएको छ ।

इनर्जी फार्म ज्याज्प्रमलाई उध्रदत गर्दै बीबीसीका अनुसार नोर्ड स्ट्रिम एक मा ग्यासले लिक भए पछी सो पाइपलाइन अनिस्चितकालको लागी बन्द भएको हो ।

नोर्ड स्ट्रिमलाई युरोपको लाइफलाइन भन्ने गरिन्छ । रुसले युक्रेनमा हमला सुरु गरेसँगै युरोपियन राष्ट्रहरुमा इन्धनको मुल्य आकाशिएको छ भने नोर्ड स्ट्रिम बन्द हुनाले युरोपमा थप समस्या उत्पन्न हुन सक्ने आँकलन गर्न थालिएको छ ।

विगत ६ महिना देखी जारी रुस युक्रेन युद्धमा युरोपियन राष्ट्रहरुले युक्रेनको समर्थन गरेका छन् भने रुससँग निर्भरता तोड्नका लागि यी राष्ट्रहरुले अनेकन प्रतिबन्धनात्मक व्यवस्था गरेका छन् ।

सोही प्रतिबन्धनात्मक व्यवस्थाको जवाफ दिनका निमित्त रुसले नोर्ड स्ट्रिम बन्द गरेको हुन सक्ने पनि अनुमान गर्दै आइएको छ भने रुसले भने यो कुराको खण्डन गर्दै आएको छ ।

जी–७ राष्ट्रहरुले रुसी तेलको मुल्यमा सिमा लगाउने निर्णय गरेको केही समयमानै ज्याज्प्रमले पाइपलाइन खुल्न नसक्ने घोषणा गरेको हुनाले पनि रुसले इन्धनलाई हतियारको रुपमा प्रयोग गर्न थालेको हो कि ? भन्ने आशंका उतपन्न भएको हो ।

जी–७ राष्ट्रहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानले अघि सारेको ‘प्राइस क्याप’ निती अनुसार यी राष्ट्रहरुले समुद्र मार्फत ढुवानी बहेको रुसीतेल मात्र खरिद गर्ने छन् । रुसले भने ‘प्राइस क्याप निती अबलम्बन गर्ने राष्ट्रलाई आफुले तेल निर्यात नगर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर