अफगानिस्तानको मस्जिदमा बम विस्फोट, तालिबानका मुख्य नेतासहित १४ जनाको मृत्‍यु – Nepal Press

अफगानिस्तानको मस्जिदमा बम विस्फोट, तालिबानका मुख्य नेतासहित १४ जनाको मृत्‍यु

काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तस्थित एक मस्जिदमा बम विस्फोट हुँदा तालिबानका सबैभन्दा ठूला धार्मिक नेता मुल्ला मुजीब उर रहमान अन्सारीसहित १४ जनाको मृत्‍यु भएको छ ।

आईएसआईएसको खोरासान समूह (आईएसकेपी) ले उक्त बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । मिडिया रिपोर्टअनुसार उक्त मस्जिदमा दुइटा बम बिस्फोट भएको थियो ।

मुल्ला मुजिब सो मस्जिदका मुख्य इमाम थिए । घटनामा दुई जना व्यक्तिको संलग्नता रहेको जनाइएको छ । मुल्ला मुजिबलाई तालिवानका सबैभन्दा क्रूर नेताहरुमध्ये एक मानिन्थ्यो । नारीलाई शिक्षा दिनुहुँदैन र उनीहरुलाई घरबाट समेत निक्लिन दिनुहुन्न भन्ने उनको मान्यता थियो ।

दुई महिना अगाडि मात्र उनले तालिबान सरकारको आदेश पालना नगर्नेको शीर काटिने फतवा जारी गरेका थिए ।
घटनाबारे तालिबान सरकारले कुनै अधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

अफगानिस्तानमा गत महिना पनि एक प्रमुख तालिवान नेताको बम फिस्फोटनमा परी ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर