‘वर्डक्याम्प काठमाडौं २०२२’ आयोजना गरिँदै, वर्डप्रेसका ५ सयभन्दा बढी विशेषज्ञ सहभागी हुने – Nepal Press

‘वर्डक्याम्प काठमाडौं २०२२’ आयोजना गरिँदै, वर्डप्रेसका ५ सयभन्दा बढी विशेषज्ञ सहभागी हुने

काठमाडौं । संसारको सबभन्दा प्रख्यात वेबसाइट बनाउने र नि:शुल्क पाइने ओपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्बन्धी २ दिने सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२२’ हुने भएको छ । यही सेप्टेम्बर ३ र ४ (भाद्र १८ र १९) मा सम्मेलन तय भएको हो ।

वर्डक्याम्प विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वभरमा झण्डे २ मध्ये एक वेबसाइटहरू वर्डप्रेसले चल्छन् । काठमाडौं गैरिधारास्थित एलिस रिसेप्सन्समा हुने यस कार्यक्रममा ५०० भन्दा बढी नेपाली तथा विदेशी विशेषज्ञ सहभागी हुनेछन् ।

यो कार्यक्रम सूचना प्रविधिमा वेबसाइट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीको लागि उपयोगी हुने आयोजकको भनाइ छ । सम्मेलनमा वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र प्लगिन डेभ्लपमेनट, वर्डप्रेसको महत्व र प्रयोगलगायतका सेसन सञ्चालन गरिनेछ । तीन वटा हलमा विभिन्न सेसन सञ्चालन गरिने सम्मेलनमा सहभागीले आफूलाई रुचि र मनपर्ने विषय भइरहेको सेसनमा बस्न पाउने व्यवस्था मिलाइएको छ ।

आउँदा दिनमा यस ‘वर्डप्रेस ओपेन सोर्स’ प्रविधिले नेपालकै सामाजिक, आर्थिक क्षेत्रमा पनि टेवा मिल्ने वर्डप्रेसरहरूको विश्वास छ । वर्डप्रेस काठमाडौंले वर्डक्याम्पसहित विभिन्न चेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ । वर्डप्रेस सिकेर व्यवसायिक सफलता हात पार्नेहरूका लागि समय समयमा तालिम र ‘वर्डप्रेस मिट’ पनि गर्दै आएको छ ।

वर्डप्रेसबाट वेबसाइट बनाउन सजिलो, छिटो, राम्रो साथै कम झन्झटिलो हुने भएकाले पनि यो प्रविधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुनेमध्ये अग्रस्थानमा छ । कार्यक्रमको पूर्णजानकारी यस लिंकमा गएर हेर्न सक्नुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर