चीनको प्रतिकारमा उत्रियो ताइवान, पहिलो पटक गर्‍यो ‘फाइरिङ’ – Nepal Press

चीनको प्रतिकारमा उत्रियो ताइवान, पहिलो पटक गर्‍यो ‘फाइरिङ’

काठमाडौं । ताइवानले चीन नजिकैको आफ्नो भूभागमा उडिरहेका ड्रोनलाई फिर्ता पठाउन पहिलो पटक चेतावनी ‘फाइरिङ’ सुरु गरेको छ । ताइवानको रक्षा मन्त्रालयले तीन वटा ड्रोन चीन ‘मेनल्याण्ड’ तिर फर्किँदै गरेको अवस्थामा फाइरिङ गरिएको बताएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ । पछिल्लो समय ताइपेइले चिनियाँ ड्रोनहरु आफ्नो भूभाग वरपर बढ्दै गएको गुनासो गर्दै आएको छ ।

ताइवानले मंगलबार दादान, एरदान र शियुमा तीन वटा ड्रोन भेटिएको जनाएको थियो । यी शहरहरु चिनियाँ शहर सियामेनबाट केही किलोमिटरको मात्र दूरीमा छन् । ताइवानको अहिलेको दाबीमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन । तर, यही हप्ताको सुरुमा चीनले ताइवानको दाबीको खण्डन गरेको थियो ।

‘चिनियाँ ड्रोन चीनको भूभागमा उड्दैछन् । यसमा अचम्म मान्नुपर्ने के छ ?’ चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ । चीन विदेश मन्त्रालयको उक्त प्रतिक्रियामा आक्रोश पोख्दै नबोलाई आएका पाहुनाहरुलाई चोर भनिन्छ भन्ने प्रत्युत्तरसमेत दिएको थियो ।

चीनको बढ्दो हस्तक्षेपसँगै ताइवानकी राष्ट्रपति साई इङ्ग–वेनले टापुको सुरक्षाको वाचा गर्दै रक्षा बजेटलाई १९ बिलियन डलर पुराएकी छन् । जुन हालसम्मकै उच्च रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर