सीट बाँडफाँट गर्न शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिदै – Nepal Press

सीट बाँडफाँट गर्न शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिदै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए ।

सीट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ ।

गठबन्धनमा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान माओवादीमार्फत सहभागी भइसकेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको छ ।


प्रतिक्रिया

One thought on “सीट बाँडफाँट गर्न शीर्ष नेताको बैठक बस्दै, गठबन्धनमा अरु दल पनि थपिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर