घोडाघोडी क्याम्पसको चुनावमा सबै दल मिलेर कांग्रेसलाई हराए, सापकोटा बने अध्यक्ष – Nepal Press

घोडाघोडी क्याम्पसको चुनावमा सबै दल मिलेर कांग्रेसलाई हराए, सापकोटा बने अध्यक्ष

कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा कांग्रेस भर्सेस अन्य पार्टीको प्रतिस्पर्धा भएको छ । कांग्रेसइतर दलहरूको समर्थनमा विष्णु सापकोटा अध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार छविलाल तिवारीलाई हराउँदै सापकोटा अध्यक्ष बनेका हुन् । घोडाघोडी अस्पतालको अध्यक्षसमेत रहेका सापकोटाले तिवारीलाई ६६ मतले पछि पारेका थिए । तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाए ।

उपाध्यक्षतर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भए । उनले १८९ मत ल्याए । उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए । सदस्यतर्फ भने मिश्रित परिणाम आएको छ । सापकोटा प्यानलबाट महिला सदस्यमा नारायणी गौतम र खुल्लाबाट दुर्गा सापकोटा निर्वाचित भए ।

तिवारी प्यानलबाट आयुष जोशी र नारायण आचार्य निर्वाचित भए । सदस्यतर्फ आचार्यले सबैभन्दा धेरै मत पाएका थिए । २१ गते घोडाघोडी बहुमुखी क्याम्पसको साधारण सभा भएको थियो । आज निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो । ४५८ मत मध्य ४०४ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.