कहाँ गयो बैंकको १ खर्ब बढी निक्षेप ? – Nepal Press

कहाँ गयो बैंकको १ खर्ब बढी निक्षेप ?

काठमाडौं । चालु आर्थिक वर्षको सुरुबाटै बैंकहरुको निक्षेप घट्न थालेको छ । आर्थिक वर्षको पहिलो महिनाको तेस्रो साता सकिँदा पनि बैंकमा निक्षेप घट्ने क्रम उस्तै छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । त्यसयता घटेर साउन २३ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

यस आधारमा एक खर्ब ५ अर्ब रुपैयाँ बैंकहरुको निक्षेप घटेको छ । साउन ६ गते ४४ खर्ब ७८ अर्ब, १३ गते ४४ खर्ब ५० अर्ब, साउन २० गते ४४ खर्ब ४६ अर्ब रुपैयाँ बाणिज्य बैंकमा निक्षेप रहेको देखिन्छ ।

बैंकमा तरलता अभाव अझै सहज हुन सकेको छैन । लगातार निक्षेप घट्दा कर्जा प्रवाहमा पनि समस्या देखिएको छ ।

अहिले वाणिज्य बैंकमा भएको निक्षेप र उनीहरुले प्रवाह गरेको कर्जाको दर उस्तै उस्तै देखिएको छ । अहिले ४४ खर्ब ४६ खर्ब निक्षेप हुँदा वाणिज्य बैंकहरुले ४४ खर्ब ४५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

देशमा अहिले २६ वाणिज्य बैंक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर