जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा (भिडिओ) – Nepal Press

जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट लड्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् । उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाए पनि कसैले जुम्लाको आवाज नसुनेको बताए ।

आफूलाई काठमाडौं, चितवन, नवलपरासी रुपन्देहीबाट चुनाव लड्न आग्रह गरेपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए ।

आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले कांग्रेस माओवादी एमाले कसैको विरुद्ध नभएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर