भोजपुर क्याम्पसका विद्यार्थीलाई अध्यापन अनुमतिपत्र लेखन शैलीसम्बन्धी अभिमुखीकरण – Nepal Press

भोजपुर क्याम्पसका विद्यार्थीलाई अध्यापन अनुमतिपत्र लेखन शैलीसम्बन्धी अभिमुखीकरण

भोजपुर । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको आयोजनामा शिक्षक सेवा आयोगबाट सञ्चालन हुने आधारभूत तहको अध्यापन अनुमतिपत्र लेखन शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

भोजपुर बहुमुखी क्याम्पस इकाइसँगको सहकार्यमा जिल्ला कमिटीले सञ्चालन गरेको उक्त एक दिने कार्यक्रमको उद्देश्य क्याम्पसका विद्यार्थीहरूलाई शिक्षण क्षेत्रमा प्रवेश गर्न सहजताका लागि क्षमता अभिवृद्धि गर्नु रहेको जिल्ला सचिव निशान राईले बताए ।

कार्यक्रममा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मकर खड्का, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य ध्रुबराज राईलगायत उपस्थित थिए ।


प्रतिक्रिया

One thought on “भोजपुर क्याम्पसका विद्यार्थीलाई अध्यापन अनुमतिपत्र लेखन शैलीसम्बन्धी अभिमुखीकरण

  1. त्यहाँ भुगोल पढ्ने विद्यार्थीलाई GIS सिकाउनु पर्ने भए म श्रोत ब्यक्तिको रुपमा सहयोग गर्न तयार छु है ।

Leave a Reply to वसन्त न्यौपाने Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर