राप्ती खोलामा भेटियो महिलाको शव – Nepal Press

राप्ती खोलामा भेटियो महिलाको शव

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकामा एकजना महिलाको शव भेटिएको छ ।

हेटौंडा–१ र ११ को सिमना छुट्टाउने राप्ती खोला पुल नजिक खोलाले बगाएर ल्याएको अवस्थामा ५५ वर्षीया महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शवको शनाखत भइनसकेको प्रहरीको भनाई छ । केहि दिन अघिनै मृत्यु भएको जस्तो देखिने शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । शवलाई पोष्टमार्टमको लागि हेटौँडा अस्पताल पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर