इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान नेपालगञ्ज फर्काइयो – Nepal Press

इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान नेपालगञ्ज फर्काइयो

रुपन्देही । उडेको केही समयमा नै इन्जिनबाट धुवाँ निस्किएपछि बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः नेपालगन्ज विमानस्थल फर्काइएको छ ।

चालक दलसहित ७९ जना लिएर उडेको ९ एन- एएनएफ जहाजमा १० माइल उडेपछि जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको र आपत्कालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चेकचाँच सुरू भएको छ ।

श्री एयरलायन्सका नेपालगन्ज प्रमुख परशुराम चौधरीले जहाज उडान भएको करिब ७ मिनेटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर