प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए – Nepal Press

प्रहरीका १३ एसपीको काज सरुवा, चार जिल्लाका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो । काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर