अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, तीन जना पक्राउ – Nepal Press

अवैध बाटोबाट अमेरिका हिँडेका १० नेपाली केन्यामा बन्धक, तीन जना पक्राउ

काठमाडौं । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको प्रहरीले दाबी गरेको छ ।

बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ । पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको एसएसपी भट्टराईले जानकारी दिए ।

‘प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिन्छ । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्’, उनले भने ।

प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर