दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका युवा सुन कारोबारीका भरिया हुनसक्ने आशंका – Nepal Press

दरबारमार्गबाट ९८ लाखसहित पक्राउ परेका युवा सुन कारोबारीका भरिया हुनसक्ने आशंका

काठमाडौं । रुपन्देहीका २ जना युवालाई स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही सियारी गाउँपालिका-७ अमुवाका समिर सुनार र मिलन विकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले हो।

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरू भरियाका रूपमा रहेको र रकम सुन कारोबारमा प्रयोग भएको हुनसक्ने आशंका प्रहरीको छ ।

उनीहरूसँग रहेको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र घटनाबारे पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर