नेतृत्वलाई गाली गर्दै दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग – Nepal Press

नेतृत्वलाई गाली गर्दै दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं । राप्रपाका चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्वमन्त्री दिलनाथ गिरीसहित दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै चार नेताले पार्टी नेतृत्वले आफूहरूलाई अप्रजातान्त्रिक र निर्मम व्यवहार गरेको आरोप लगाएका छन् ।

‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधी झै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो एउटा विधि, पद्दति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन ।’

राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा निरिहर र अपमानित भएर बस्न नसकिएको विज्ञप्तिमा उल्लेख छ । आजैका मितिदेखि राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको उनीहरुले घोषणा गरेका छन् ।

नेताहरूले अबको यात्राबारे स्पष्ट पारेका छैनन् । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता झन् बढेर गएको उनीहरुको भनाइ छ । यही अभियानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता नेताहरूले व्यक्त गरेका छन् ।

स्रोतका अनुसार चार नेताहरुले कमल थापा नेतृत्वको राप्रपामा जानका लागि राप्रपा नेपाल छोडेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर