सिंगापुर उडे श्रीलंकाका राष्ट्रपति गोटाबाया – Nepal Press

सिंगापुर उडे श्रीलंकाका राष्ट्रपति गोटाबाया

काठमाडौं । चरम आर्थिक संकटको बीचमा आफ्नो परिवारसहित देश छोडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिगांपुर उडेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उनी साउदी एयरलाइन्सको विमानमार्फत सिंगापुर उडेका हुन् । उनी अब सिंगापुर नै बस्नेछन् वा त्यहाँबाट पनि अन्त कतै जान्छन् भन्ने कुरा भने हालसम्म सार्वजनिक भएको छैन ।

मिडिया रिपोर्टअनुसार उनी बुधबार राति नै सिंगापुर जाने प्रयासमा थिए । यद्यपि विमानस्थलमा उनलाई श्रीलंका फिर्ता पठाउनुपर्ने माग गर्दै प्रदर्शन भएपछि बुधबार राति नै सिंगापुर उड्ने उनको प्रयास असफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर