राष्ट्रपति भवन कब्जापछि स्वीमिङदेखि बेडरुमसम्म प्रदर्शनकारी (तस्बिरहरू) – Nepal Press
श्रीलंका संकट

राष्ट्रपति भवन कब्जापछि स्वीमिङदेखि बेडरुमसम्म प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौं । देशलाई चरम आर्थिक संकटमा पुर्‍याउन नेतृत्व तहमा रहेका नेताहरूको मुख्य भूमिका रहेको भन्दै आक्रोशित बनेका श्रीलंकन नागरिकहरूले गत शनिवारदेखि राष्ट्रपति निवासमा कब्जा जमाएका छन् ।

प्रदार्शनकारीहरुले निजी निवास घेराउ गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे निवास छोडेर भागेका छन् । उनले आगामी जुलाई १५ मा राजीनामा दिने बताइएको छ ।

यता प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले शनिवार नै प्रधानमन्त्री रानील विक्रमसिंघेको निवासमा आगजनी समेत गरेका थिए ।

राष्ट्रपतिको घरमा कब्जा जमाएका प्रदर्शनकारीहरूले हाल राष्ट्रपतिको जिम, स्विमिङ पुल, बेडरुम, बैठक हलहरूसम्म पुगेको तस्बिरहरू हाल सार्वजनिक भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर