देशको अर्थतन्त्र संकटमा छ, त्यो संकट रोक्ने गरेर मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी – Nepal Press

देशको अर्थतन्त्र संकटमा छ, त्यो संकट रोक्ने गरेर मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संकाटोन्मुख रहेको अर्थतन्त्र रोक्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।

भोलिको जोखिमबाट बच्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको उनले बताए ।

आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नरले देशको माग के हो त्यही अनुसार मौद्रिक नीति आउने बताए ।

उनले भने, ‘मलाई के लागेको छ, त्यही मौद्रिक नीतिमा आउने हैन । उद्योगी र व्यवसायीले जे चाहियो त्यही पनि मौद्रिक नीतिमा आउने हैन । देशको आवश्यक के हो ? कसरी देशको आर्थिक अवस्था कसरी माथि उठाउने भनेर केन्द्रित हुने छ । बैकले बीचमा ब्याजदर वृद्धि गरेको भनेर भन्न मिल्दैन । बजारको माग अनुसार ब्याजदर तलमाथि हुन्छ ।’

उद्योगी व्यवसायीको मौद्रिक नीतिमा मागै माग

कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीले सेयर बजारको ४÷१२ को सेयर कर्जाको सीमा हटाउन समेत माग गरेका छन् । ५२ लाख सर्वसाधारण सेयर बजारमा जोडिएकाले नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा हटाउनु सुझाव दिएका छन् ।

व्यवसायीले विदेशबाट बस्तु आयात एलसी खोल्ने बेला शतप्रतिशत नगद मार्जिन बैंकमा राख्नु पर्ने व्यवस्थाले व्यवसायीहरू समस्यामा परेको बताएका छन् ।

विदेशबाट बस्तु ल्याउँदा राखिने नगद मार्जिनको व्याज नआउने भएकाले व्यवसायीको पैसा होल्ड मात्रै भएकाले यो नियममा पनि राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

उत्पादनमूलक उद्योगलाई सस्तो दरमा कर्जा दिने व्यवस्था मिलाउन समेत उद्योगीले राष्ट्र बैंकसँग माग गरेका छन् ।

यसभन्दा अघिको मौद्रिक नीतिको समीक्षामा पनि उत्पादन र व्यापारका लागि दुई प्रकारको ब्याजदर लागू गर्ने कुरा समावेश भएको थियो । तर अहिलेसम्म लागू भने हुन सकेको छैन ।

उत्पादनमूलक उद्योगलाई सस्तोमा कर्जा प्रदान गर्दा नेपालको उत्पादन वृद्धि भई नेपालको व्यापार घाटा कम हुने भन्दै दुई प्रकारको ब्याजदर कायम गर्नुपर्ने उत्पादक मूलक उद्योग सञ्चालन गर्ने उद्योगीहरूले बताएका छन् ।

ब्याजदर वृद्धि गर्दा निक्षेप संकलन वृद्धि हुनको सटट बजारमा महंगी धेरै वृद्धि भएको भन्दै ब्याजदर वृद्धि अब रोक्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले पछिल्लो केही समयमा ब्याजदर धेरै माथि गएकाले नेपाल राष्ट्र बैंकले बेलैमा विचार गर्नुपर्ने बताएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर व्याजदरको विषयमा बेलैमा विचार गर्न पर्नेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर