९ अंकले घट्यो बजार, ४ अर्बभन्दा धेरैको कारोबार – Nepal Press

९ अंकले घट्यो बजार, ४ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । आज सेयर बजार ९.७५ अंकले घटेको छ । बजार ०.४७ प्रतिशतले घट्दा नेप्से परिसूचक २०७६.६७ अंकमा आएको छ ।

आज ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ३४ वटा कम्पनीको १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर खरिद बिक्री भएको हो ।

सिवाईसी नेपाल लघुवित्त आज सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० सेयर मूल्यवृद्धि भएको हो । भने शिवम् सिमेन्ट्सको सबैभन्दा धेरै सेयर कारोबार भएको हो । सो कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live