विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन – Nepal Press

विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उनले मनसुन सुरु भएसँगै विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उनले विपद्को सामना गर्न राज्यका सबै निकायले एकीकृत योजना बनाउनुपर्ने बताए । त्यस्तै उनले विपद् जोखिमको तयारी, जनशक्तिको अवस्था एवम् साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पेस गर्न पनि निर्देशन दिएका छन् ।

बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरूले विपद्का घटनाहरूबाट हुने क्षति न्यूनीकरण गर्न जनशक्ति र सामाग्रीहरूलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर