मधेस सरकारको अगामी नीति तथा कार्यक्रम स्वीकृत – Nepal Press

मधेस सरकारको अगामी नीति तथा कार्यक्रम स्वीकृत

जनकपुरधाम । मधेस सरकारले जेठ २२ गते सोमबार सार्वजनिक गर्ने भनिएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरिएको छ ।

मुख्यमन्त्री निवास मधेस भवनमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

स्वीकृत नीति तथा कार्यक्रम सोमबार दिउँसो ४ बजे प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने कार्यक्रम छ । सो बैठकमा आ–आफ्नो भेषभुषामा सहभागी हुन सा‌ंसदहरुलाई सभामुख सरोज कुमार यादवले आग्रह गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर