बजेटः करको दरमा के-के भयो हेरफेर ? – Nepal Press

बजेटः करको दरमा के-के भयो हेरफेर ?

काठमाडौं । सरकारले आगामी चुनावहरु प्रभावित गर्ने हेतुले ‘लोकप्रियतामुखी’ बजेट ल्याएको छ । प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रमा राखेर अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा प्रशस्त छुट र सहुलियतहरु घोषणा गरिएका छन् ।

बजेटको एउटा महत्वपूर्ण पक्ष भनेको करका दरहरु हुन् । यसपाली करका दरहरु हेरफेर गर्दा सरकारले निजी क्षेत्रलाई धेरै सहुलियतहरु दिएको छ । विलासी वस्तुबाहेक अधिकांस वस्तुको भन्सार घटाइएको छ । गाडी लगायतका विलासी बस्तुको भने मूल्यवृद्धि हुन सक्छ ।

सरकारले सबैभन्दा धेरै कर स्यानिटरी प्याडको घटाएको छ । नयाँ बजेट मार्फत अहिले लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएिको छ । यस्तै स्वदेशमा स्यानिटरी प्याड उत्पादन गर्दा लाग्ने कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार लिइने भएको छ ।

आय करमा पनि सरकारले छुट दिएको छ । अविवाहितलाई ५ लाख र विवाहीतलाई ६ लाखसम्म वार्षिक आयमा अब कर तिर्नुपर्दैन ।

कोरोनाले समस्यामा परको चलचित्र, होटल र पर्यटनसँग जोडिएका व्यवसायले आयमा ५० प्रतिशत कर छुट दिने पाउने छन् । त्यस्तै, कृषिमा प्रयोग हुने उपकरण निर्माण गर्ने उद्योगले ५ वर्षसम्म आयकर तिर्न नपर्ने व्यवस्था गरिएको छ ।
सरकारले उद्योग र व्यापारमा लाग्ने व्याजदर पनि फरक फरक गर्ने भएको छ । उद्योगलाई सस्तो व्याजमा ऋण दिने नयाँ बजेटले व्यवस्था गरेको छ ।

खाना पकाउने ग्यासमा दिदै आएको अनुदान सरकारले विस्तारै हटाउने भएको छ । यसले एलपी ग्यासको थप मूल्यवृद्धि हुन सक्छ । विद्युत प्रयोगलाई बढवा दिनको लागि यसो गर्न लागेको हो । पेट्रोलियम पदार्थमा लाग्ने कर भने सरकारले घटाउने भएको छ ।

विदशबाट पाटपुर्जा लाएर नेपालमा नै सवारी साधन एसेम्बल गर्ने कम्पनीलाई उद्योग स्थापना भएको ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्था नयाँ बजेटले गरेको छ । यसरी आयकर छुट दिँदा नेपालमा एसेम्बल गर्ने उद्योगहरु वृद्धि हुने छन् ।

चालु आवमा ३० लाख रुपैयाँसम्मको कारोबार गरेका साना उद्योगलाई ७५ प्रतिशत र वार्षिक ३० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट दिने भएको छ ।

विदेशबाट कच्चा पदार्थ प्रयोग गर्ने उद्योगले उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तशुल्क र २५ प्रतिशत भन्सार शुल्कमा छुट पाउने छन् ।                                                                                              नयाँ बजेटले १०० किलोवाटमाथि भने माथिका विधुतिय गाडीमा अन्त:शुल्क लगाएको छ । मोटर पिक पावर १०० किलोवाटदेखि २ सय सम्म ३० प्रतिशत,२०० देखि ३ किलाेवाटसम्म ४५ प्रतिशत,३ सयभन्दा माथि ६० प्रतिशत अन्त:शुल्क लगाएका हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर