आठबीसकी निवर्तमान उपमेयरको सम्पत्ति- दुई ठाउँमा घडेरी, ४० तोला सुनचाँदी – Nepal Press

आठबीसकी निवर्तमान उपमेयरको सम्पत्ति- दुई ठाउँमा घडेरी, ४० तोला सुनचाँदी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो पाँचवर्षे कार्यकाल सकिएसँगै सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विवरणमा बैंक खातामा तीन लाख ८ हजार ६३५ रुपैयाँ मौज्दात रहको उल्लेख छ ।

यस्तै उनको दुई ठाउँमा गरी १४ लाखको घडेरी, १५ तोला सुन र २५ तोला चाँदी रहेको पनि उल्लेख गरेकी छन् । बाँके जिल्लामा झण्डै ८ लाख पर्ने ५०६.९६ क्षेत्रफलमा पर्ने जग्गा रहेको विवरणमा उल्लेख गरेकी छन् ।

दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका–२ मा ६ लाख पर्ने अर्को ००१४० क्षेत्रफलमा घडेरी रहेको र दुईवटै घडेरी उनले नोकरी (जागिर)गरेर नै खरिद गरेको विवरणमा उल्लेख छ ।

उक्त सम्पत्ति केही माईतीबाट, केही पैतृक भएको र केही खरिद गरेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर