निजगढबारे सर्वोच्चको फैसलामा ज्ञवालीको टिप्पणी: कसको हितमा हुन्छन् यस्ता फैसला ? – Nepal Press

निजगढबारे सर्वोच्चको फैसलामा ज्ञवालीको टिप्पणी: कसको हितमा हुन्छन् यस्ता फैसला ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नपाउने भनी आएको सर्बोच्च अदालतको फैसलाको नियतमाथि प्रश्न उठाएका छन् ।

अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले अदालतको फैसला दुर्भाग्यपूर्ण र विकासको सम्भावनामाथि आँच पुर्याउने कदम भनेका छन् । ज्ञवालीले फैसलाका प्रवृतिमाथि समेत प्रश्न उठाएका छन् ।

ज्ञवालीले भनेका छन्- निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको छ ।

आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?

सर्बोच्च अदालतको वृहत पूर्ण इजलासले विहीवार गरेको फैसलाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी अहिलेसम्मका सबै निर्णय तथा कामकारवाही बदर गरेको छ ।


प्रतिक्रिया

One thought on “निजगढबारे सर्वोच्चको फैसलामा ज्ञवालीको टिप्पणी: कसको हितमा हुन्छन् यस्ता फैसला ?

  1. भारत नेपालमा विकास भएकाे देख्नै सक्दैन । उसैकाे इशारामा हुनुपर्छ । ओलि हटाउने, परमादेशमा गठबन्धनकाे सरकार बनाउनेजस्ता काम पनि उसैकाे निर्देशनमा भएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर