मतगणना नसकिँदै काठमाडौंमा बालेन विजयी – Nepal Press

मतगणना नसकिँदै काठमाडौंमा बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याइरहेका छन् ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् ।

अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।


प्रतिक्रिया

One thought on “मतगणना नसकिँदै काठमाडौंमा बालेन विजयी

  1. अब मेयर भएर बेलैमा राम्रो काम गरेको भए पो ठुला राजनैतिक दलका प्रतिस्पर्धीले इतिहास रच्दै अघि बढ्थे। काम जति माम मा हाम गरेका छन- मोनोरेल ल्याउँछु, मेलम्ची ल्याउछु भन्नलाई भन्ने, झाट। मुखले विकास गरेर नहुनी, कामैले गर्नु पर्यो बिकास त है। # Me Too# फस्नमा interest छ, विकाशमा छैन यत्रो!

Leave a Reply to उमेश थापा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर