भीम रावलको गृहनगरमा गठबन्धन विजयी, साँफेबगरको मेयर कांग्रेस र उपमेयरमा नेकपा एस – Nepal Press

भीम रावलको गृहनगरमा गठबन्धन विजयी, साँफेबगरको मेयर कांग्रेस र उपमेयरमा नेकपा एस

धनगढी । अछामको साँफेबगर नगरपालिकामा एमालेविरुद्ध गठबन्धनले जित निकालेको छ ।

मेयरमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी हुँदा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनबाट  नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् ।

उनले ६ हजार ४३४ मतका साथ विजयी भएका हुन् ।

साँफेबगर नेकपा एमालेका नेता भीम रावलको गृहनगर हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर