अर्थमन्त्री राजस्व उठाउनमात्रै हैन, देशको अर्थतन्त्र सुधार्न पनि लाग्नु पर्छः दाहाल – Nepal Press

अर्थमन्त्री राजस्व उठाउनमात्रै हैन, देशको अर्थतन्त्र सुधार्न पनि लाग्नु पर्छः दाहाल

काठमाडौं । अर्थसमितिका सभापति तथा नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले अर्थमन्त्री राजस्व उठाउनमात्रै नभएर देशको समग्र आर्थिक सुधारमा लाग्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा दाहालले भने, ‘हाम्रो राजस्व संकलन गर्ने व्यवस्थामा नै केही त्रुटि रहेको छ । अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने बेलामा नै कति राजस्व उठाउने भनेर तोक्ने गरेको छ । पहिले नै राजस्व तोक्ने व्यवस्थामा नै त्रुटि रहेको छ । यसलाई सुधार गरेर उद्योग स्थापना र देशमा नै विद्युत उत्पादन वृद्धि गर्न आवश्यक छ ।’

नेपालको व्यापार घाटा कम गर्न पेट्रोलियम पदार्थको खपत कम गर्दै विद्युतको प्रयोग गर्दा १५० अर्बको व्यापार घाटा कम हुने दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर