जनकपुरमा गठबन्धन पाँचौं, कांग्रेसका वागीको फराकिलो अग्रता – Nepal Press

जनकपुरमा गठबन्धन पाँचौं, कांग्रेसका वागीको फराकिलो अग्रता

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवार पाँचौं नम्बरमा परेका छन् ।

नेपाली कांग्रेस त्यागेर वागी उम्मेदवार बनेका मनोज साहले मेयरमा अग्रता लिइरहेका छन् । उनको निर्वाचन चिन्ह घण्टाघरमा २३२ मत परेको छ । ७ सय मतगणना हुँदा नेकपा एमालेले मेयरमा ९५ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा आँप चुनाव चिन्हले ५३ मत ल्याएको छ । लोसपाका उम्मेदवारले ४१ मत ल्याउँदा गठबन्धनतर्फबाट जसपा उम्मेदवारले ३४ मतमात्रै ल्याएका छन् ।

मेयरमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार साह कांग्रेसको जनकपुर उपमहानगर समितिका सभापति थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर