प्रशिक्षक-खेलाडी विवाद, छानबिन माग गर्दै एनएनआईपीएलाई फुटबल खेलाडी संघको ज्ञापन पत्र – Nepal Press

प्रशिक्षक-खेलाडी विवाद, छानबिन माग गर्दै एनएनआईपीएलाई फुटबल खेलाडी संघको ज्ञापन पत्र

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबिचको विवाद माथि निष्पक्ष छानबिनको माग गर्दै अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई ज्ञापन पत्र बुझाएका छन् ।

अर्को वर्ष चीनमा हुने एसियन कपको तयारीका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई बन्द प्रशिक्षण छाड्न भनेको बताउँदै गत बुधवार १० खेलाडी बन्द प्रशिक्षण बाट बाहिरिएका थिए । तर, मुख्य प्रशिक्षक अल्मुताइरी र एन्फा पदाधिकारीहरूले उनीहरू प्रशिक्षण छाडेर भागेको प्रतिक्रिया दिँदै आएका छन् ।

सोही विषयमा स्पष्ट छानबिनको माग गर्दै मंगलवार फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यसअघि पनि १० खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत आधारभूत आवश्यकता माग गर्दा प्रशिक्षण नै छोड्नु परेको र यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि वास्ता नगरेको बताएका थिए ।

खेलाडीहरूले सोमबार पनि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पनि भेटेर छानबिनको माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *