राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने विकेश कुथुको घोषणा – Nepal Press

राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने विकेश कुथुको घोषणा

काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिममा थप गरेका एक खेलाडी विकेश कुथुले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेका छन् ।

बन्द प्रशिक्षण छाडेका १० खेलाडीप्रति ऐक्यवद्धता जनाउँदै उनले सो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुथुले राष्ट्रिय टिममा भएको घटनाक्रम आफूलाई पूर्णरुपमा अवगत भएको र खेलाडी साथीहरूको मर्का बुझेको उल्लेख गरेका छन् ।

विगतमा आफू पूर्णरुपमा फिट हुँदाहुँदै मिडियामा बोलेको आरोपमा राष्ट्रिय टिमबाट अलग गरिएको पनि उनको गुनासो छ ।

कुथुले लेखेका छन्, ‘म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यस पटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथीहरूको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *