कर्णाली माओवादीको प्रमुख सचेतकमा शाह, शाही असारमा मन्त्री बन्ने पक्का – Nepal Press

कर्णाली माओवादीको प्रमुख सचेतकमा शाह, शाही असारमा मन्त्री बन्ने पक्का

सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको प्रमुख सचेतकमा जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य कृष्णा शाह नियुक्त भएकी छिन् । नेकपा माओवादी केन्द्र संसदीय दलको केही साताअघि बसेको वैठकले सो निर्णय गरेको नेकपा माओवादीले जनाएको छ ।

यस्तै नेकपा माओवादी दलको बैठकले संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा रुकुम पश्चिमका सांसद रातो कामीलाई सिफारिस गरेको छ ।
त्यस्तै, डोल्पाका प्रदेशसभा सदस्य वीरबहादुर शाही असार १६ पछि मन्त्री हुने पक्का भएको छ ।

११ जना प्रदेशसभा सदस्य रहेको माओवादी संसदीय दलमा यी तीन जनाबाहेक अन्य सबै मन्त्री भइसकेका छन् । डोल्पाका सांसद शाही कात्तिक १६ गते नै मन्त्री बन्ने भएपनि माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माले हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाएका थिए । त्यसको कडा प्रतिवाद गरेका सांसद शाहीलाई कार्चेनको पद रिक्त भएपछि मन्त्री बनाउने तयारी भएको हो ।


प्रतिक्रिया

One thought on “कर्णाली माओवादीको प्रमुख सचेतकमा शाह, शाही असारमा मन्त्री बन्ने पक्का

  1. मन्त्री खानभन्दा त अरू कुरामा ध्यान नै छैन । महान जनयुद्व त्यसैकाे लागि लडिएकाे जाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर